दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राख्न अदालतको अनुमति



काठमाडौं । दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई १२ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

शुक्रबार झापाबाट पक्राउ गरी काठमाडौं ल्याइएका प्रसाईं र उनका अंगरक्षकलाई प्रहरीले शुक्रबार दिउँसो जिल्ला अदालत काठमाडौँका म्याद थपका लागि लगिएको थियो ।


न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीहरुलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । चैत १५ गते काठमाडौँको तिनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनको नेतृत्व प्रसाईंले गरेका थिए । त्यसयता उनी फरार भएका थिए ।

बिहीबार उनलाई भारत आसाम प्रहरीले नियन्त्रणमा लिएर आज शुक्रबार नेपाल–भारत सीमा काँकडभिट्टामा ल्याएर नेपाल प्रहरीको जिम्मा लगाएको थियो । प्रसाईंविरुद्ध राज्य विरुद्धको कसुर, सङ्गठित अपराध र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान गरिने प्रहरीले तयारी गरेको छ ।