

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले तीनकुनेको हिंसात्मक घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि जिम्मेवार बनाइनुपर्ने माग गरेका छन् ।
आज (शुक्रबार) कानुन समितिको बैठकलाई सम्बोधन गर्दैै उनले गत फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्रको आह्वानले उक्त घटना हुन मलजल गरेको उनले आशंका व्यक्त गरे । ‘फागुन ७ गते पूर्वराजाले जुन आह्वान गर्नुभयो । उहाँले बेला आएको जनताहरुले साथ दिनुपर्छ भन्नुभएको छ। त्यसपछि घटनाहरु प्रारम्भ भएको देखिन्छ,’– उनले भने ।


उनले पूर्वराजा ज्ञानेन्द्रलाई पनि सो घटनामा जवाफदेही बनाइनुपर्ने बताए । त्यस्तै, तीनकुनेको हिंसात्मक प्रदर्शनका क्रममा उक्त आन्दोलनमा कमाण्डर बनाइएका दुर्गा प्रसाईँले प्रहरीलाई मार्ने नियतले गाडी चलाएको एमाले प्रमुख सचेतक बर्तौलाको दाबी छ । तीनकुने घटनामा प्रहरीले सालिनता अपनाएको बर्तौलाले बताए ।
