तीनकुने घटनाको छानबिन गरिरहेका छौँ : मानवअधिकार आयोग



काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १५ चैतमा काठमाडौंको तीनकुनेलगायतका स्थानमा घटेको घटनाको छानबिन जारी रहेको जनाएको छ ।

आयोगले विभिन्न टोली बनाएर घटनाको अनुगमन गरी तत्काल प्राप्त भएका जानकारीका आधारमा विज्ञप्तिमार्फत आफ्नो प्रारम्भिक धारणासमेत सार्वजनिक गरिसकेको स्पष्ट पारेको छ । उक्त घटनाका सन्दर्भमा मानवअधिकारको अवस्था र आयोगको भूमिकाका सन्दर्भमा सामाजिक सञ्जाल र केही समाचार माध्यममा आएका टीकाटिप्पणीप्रति आयोगको ध्यानाकर्षण भएको प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए ।


घटना घटेको दिन र त्यसपछि पनि आयोगले क्षति र मानवअधिकारको उल्लंघनका विषयलाई लिएर थप उजुरी र ज्ञापनपत्रसमेत लिएको बताएको छ । घटनाको गाम्भीर्यता र उजुरीसमेतलाई मध्यनजगर गरी आयोगले घटना भएकै दिनदेखि अनुसन्धान टोली परिचालन गरी छानबिन/अनुसन्धान गरिरहेको प्रवक्ता पोखरेलको भनाइ छ ।

आयोगका सदस्य मनोज दुवाडी सम्मिलित टोलीले नजरबन्दमा राखिएको भनिएका संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई शुक्रबार भेटेको छ । त्यसैगरी, प्रहरी हिरासतमा रहेका विभिन्न व्यक्तिको अवस्था र घटनामा परी घाइते भएकाको उपचारको अवस्थाबारे पनि टोलीले विभिन्न अस्पतालमा पुगेर जानकारी लिएको छ । आयोगको छानबिन एवम् अनुसन्धानको कामलाई सहयोग पुर्‍याउनसम्बद्ध सबैलाई आग्रह गरेको प्रवक्ता पोखरेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here