

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तिनकुने घटनाका दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने बताएका छन् ।
तिनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई भेटेर सान्त्वना दिँदै हिंसात्मक घटनाका दोषीलाई कुनै पनि बाहनामा छोड्न नहुने बताएक हुन् ।


‘यही चैत १५ गते तीनकुने घटनामा पत्रकार सुरेश रजकसहित दुई जनाको मृत्यु भएको छ, धेरै व्यक्ति घाइते भएका छन्, उक्त घटनाका दोषीलाई कारबाही गर्नुपर्छ, कसैलाई पनि छाड्नु हुँदैन’, देउवाले भने ।
सभापति देउवाले आफ्नो पार्टीले तिनकुने घटनाको छानबिन गर्नुपर्ने निर्णय गरेको बताए । सोही क्रममा रजकका परिवारले सभापति देउवा समक्ष उक्त घटनाको छानबिन नै नभएकाले दोषी उम्कन सक्ने आशङ्का व्यक्त गरेको थियो ।
