तिनकुने घटनाको अनुसन्धानमा सहयोग गर्न मानव अधिकार आयोगको आग्रह



काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले गत शुक्रबार काठमाडौंको तिनकुनेमा भएको घटनाको अनुसन्धानका लागि सहयोग गर्न आग्रह गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गरी आयोगले चैत १५ मा भएको तिनकुने घटनाका सम्बन्धमा छानबिन/अनुसन्धान कार्य जारी रहेको भन्दै आवश्यक सहयोग पुर्याउनसम्बद्ध सबैलाई आग्रह गरेको हो ।


आयोगले घटनाको अनुसन्धानका क्रममा आवश्यकताअनुसार विशेषज्ञको समेत सहयोग लिने जनाएको छ । त्यसैगरी आयोगले ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीलाई पुर्जी बिनै घरमा प्रहरी निगरानीमा राखेको पाइएको जनाएको छ ।

त्यसैगरी प्रहरी हिरासतमा रहेका विभिन्न व्यक्तिको अवस्था र घटनामा परी घाइते भएकाहरूको उपचारको अवस्थाबारे पनि टोलीले विभिन्न अस्पतालमा पुगी जानकारी लिएको आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here