

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गत शुक्रबार काठमाडौंको तिनकुनेमा प्रदर्शनका क्रममा सरकारले दमन गरेको भन्दै छानबिनका लागि राष्ट्रिय मानवअधिकार आयोगसँग माग गरेको छ ।
राजावादी समूहको प्रदर्शनका क्रममा सरकारको तर्फबाट भएको दमन, घुसपैठ र झुटा मुद्दामा नेताहरूलाई पक्राउ गरिएको भन्दै छानबिनका लागि राप्रपाले आयोगसँग माग गरेको हो । शुक्रबार राप्रपाको प्रतिनिधिमण्डल आयोग पुगेर आयोगका अध्यक्ष तपबहादुर मगरसँग छलफल गरेको छ ।


प्रहरीले तिनकुने घटनामा हिंसाका लागि उकासेको भन्दै राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहितलाई पक्राउ गरेको छ ।
