जुम्लामा परिवार नियोजन गर्नेको सङ्ख्या बढ्दै



जुम्ला । पछिल्लो समय जुम्लामा परिवार नियोजन गर्ने पुरुष र महिलाको सङ्ख्या बढ्दै गएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले यस वर्ष १०० पुरुषको स्थायी बन्ध्याकरण गर्ने लक्ष्य राखेकामा हालसम्म ९३ जनाले सेवा लिइसकेका जनाएको छ । 


सेवाको प्रभावकारिताका लागि यहाँका स्थानीय तहमा परिवार नियोजन शिविरसमेत आायोजना गरिएका छन् । 

ती शिविरमा पनि परिवार नियोजन सेवा लिनेको सङ्ख्या बढ्दै गएको कार्यालयले जनाएको छ ।  

जनस्वास्थ्य सेवा कार्यालयको आयोजना तथा सुनौलो परिवार नेपाल, केन्द्रीय कार्यालय काठमाडौँको प्राविधिक सहयोगमा यहाँका विभिन्न गाउँपालिकामा स्थायी बन्ध्याकरण शिविर भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here