जागरण अभियानमा सहभागी हुन ‘प्रचण्ड’ नेपालगञ्जमा



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालगञ्ज पुगेका छन् ।

उनी जनतासँग माओवादी तराई-मधेस जागरण अभियानमा अन्तर्गत चेत २१ र २२ गते बाँके र बर्दियामा हुने कार्यक्रममा सहभागी हुन त्यता पुगेका हुन् ।


आज ‘प्रचण्ड’सहितका नेताहरू अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

यसअघि माओवादी नेताहरू जागरण अभियान स्थगित गरेर समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा आयोजना गरेको प्रदर्शन र जागरण सभाका लागि काठमाडौँ आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here