जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता गर्ने सहमति, पार्टीको नाम ‘नागरिक जनमत’



काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एकता गर्ने सहमति भएको छ । बर्दियामा बसेको कार्यदलको बैठकले एकीकृत दलको नाम नागरिक जनमत राख्ने सहमति गरेको हो ।

त्यस्तै चुनाव चिन्ह ढकिया राख्ने सहमति गरेको जनमतका उपाध्यक्ष अब्दुल खानले जानकारी दिएका छन् ।


त्यसैगरी पार्टीको संरक्षक रेशमलाल चौधरी हुनेछन् भने कार्यकारी अध्यक्ष डा. सीके राउत रहने सहमति भएको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ तेस्रो वरियतामा रहने सहमति छ । वैशाख १५ भित्र पार्टीको एकता घोषणा हुने खानले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here