कुकुर बिराला दर्ता गरेर मात्र पाल्न कामपाको अनुरोध



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कुकुर बिरालालाई दर्ता गरेर मात्र पाल्न अनुरोध गरेको छ । 

महानगरपालिका क्षेत्रमा कुकुर बिराला चोरी भएको, हराएको तथा छाडा छोडिएको जनगुनासो आइरहेको भन्दै महानगरले आफ्ना कुकुर बिरालोलाई माइक्रोचिप लगाई सम्बन्धित वडा कार्यालयमा दर्ता गराएर मात्र पाल्न अनुरोध गरेको  हो । 


काठमाडौँ महानगर क्षेत्रबाट वा क्षेत्रभित्र कुकुर/बिरालो बिक्री वितरण गर्ने व्यक्तिरसंस्थाले अनिवार्य रूपमा माइक्रोचिपिङ गरेर मात्र बिक्री वितरण गराउनसमेत सूचनामार्फत अनुरोध गरिएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here