काठमाडौंसहित छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला



काठमाडौं । काठमाडौंसहित देशका विभिन्न स्थानमा तीन जनाको शव फेला परेको छ।

काठमाडौंको कीर्तिपुर नगरपालिका-६ खत्रीछापस्थित टहराभित्र पहिचान नखुलेका एक पुरूष मंगलबार मृत फेला परेका छन्।


नुवाकोटको बेलकोटगढी नगरपालिका-९ नलगाउँ बस्ने ७० वर्षीया चिनिमाया तामाङ सोही नगरपालिका-४ स्थित चिहानडाँडा सामुदायिक वनको खोल्सामा मंगलबार मृत अवस्थामा फेला परेकी छन्।

यस्तै उदयपुरको उदयपुरगढी गाउँपालिका-६ जगरेटार बस्ने ४६ वर्षीया तारा कुमारी कार्की सोही ठाउँस्थित कालिका सामुदायिक वनमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन्। सबै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान थालिएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here