एमालेले भन्यो-‘सरकार फेरिने हल्ला ‘प्रचण्ड’को कुण्ठा मात्र’



काठमाडौँ । नेकपा एमालेले सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नरहेको बताएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार परिवर्तनको हल्ला चलाएको भन्दै त्यसमा कुनै सत्यता नभएको बताएको छ । 

सोमबार बसेको एमाले सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले प्रचण्डमा सरकार बाहिर रहँदाको कुण्डा प्रकट भइरहेको दाबी गरे । 


ज्ञवालीले भने, ‘प्रचण्डले फेरि सरकार परिवर्तनको हल्ला गरिरहनुभएको छ । यो सरकार बाहिर हुँदाको कुण्ठा र पीडाबोध प्रकट हुन्छ । अहिले सरकार परिवर्तन न कतैबाट सम्भव र सान्दर्भिकता छ न औचित्य छ । राष्ट्रिय राजनीतिको यावत् कुरा छाडेर सरकार परिवर्तनको कुरा मात्र गर्नु भनेको सत्ता मोहबाहेक केही होइन । भ्रम सिर्जना गर्ने कोसिस भएको छ त्यसलाई हामीले खण्डन गरेका छौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here