इजरायली आक्रमणमा गाजामा हमासका प्रमुख मुद्रा विनिमयकर्ताको मृत्यु



गाजा । इजरायल रक्षा बल (आइडिएफ) ले गाजा सिटीमा हमासको प्रमुख मुद्रा विनिमयकता मानिएका सइद अहमद अबेद खुदारीलाई मारेको बताएको छ ।

आइडिएफका अनुसार बिहीबार मारिएका खुदारी ‘हमास भित्रका प्रमुख आतङ्कवादी वित्तीय सहजकर्ता’ थिए ।


मुद्रा विनिमयकर्ताका रूपमा आफ्नो भूमिकामा खुदारी अल वेफाक कम्पनी कोषका प्रमुख थिए भन्दै आइडिएफले अल वेफाक कम्पनीलाई इजरायली सरकारद्वारा ‘आतङ्कवादी संस्थाहरूमा रकम पुर्याउने कार्यमा संलग्न भएका कारण’ आतङ्कवादी सङ्गठन घोषित गरिएको थियो ।

आइडिएफले खुदारी वर्षौंदेखि विशेष गरी सन् २०२३ अक्टोबर ७ पछि ‘हमासको सैन्य पक्षमा धेरै वित्तीय हस्तान्तरणहरूमा संलग्न’ पनि भनेको छ ।

उनको संलग्नता सन् २०१९ मा उनका भाइ हामेद खुदारीको हत्या पछि बढेको थियो । आइडिएफका अनुसार हामेद हमासको सैन्य कार्यका लागि एक प्रमुख वित्तीय माध्यम पनि थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here