आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन शिक्षा मन्त्रालयको आग्रह



काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको हो ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । बुधबारदेखि शिक्षकहरुले काठमाडौंको माइतीघरमा भेला भएर प्रदर्शन सुरु गरेका थिए भने आज पनि प्रदर्शन गरिरहेका छन् ।


राजधानी केन्द्रित आन्दोलन गर्न देशभरबाट शिक्षकहरू काठमाडौं आएका छन् । उनीहरूले सरकारले विगतमा आफूहरूसँग गरेको सहमतिअनुसार काम नगरेकाले आन्दोलन गर्नुपरेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here