यस्तो छ सहरी विकास मन्त्रालयको वित्तीय प्रगति विवरण



काठमाडौं । सहरी विकास मन्त्रालयले वित्तीय प्रगति विवरण सार्वजनिक गरेको छ । मंगलबार मन्त्रालयले वित्तीय प्रगति विवरण सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्ष २०८१/८२ मा मन्त्रालयको जम्मा ९१ अर्ब ३५ करोड २३ लाख बजेट रहेकोमा संघतर्फ ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार रहेको थियो । जसमध्ये चालुतर्फ ४ अर्ब ४२ करोड ३८ लाख २३ हजार र पूँजीगत तर्फ ६३ अर्ब ८३ करोड ४५ लाख १६ हजार विनियोजित छ ।


हालसम्म चालुतर्फको खर्च २५.२३ प्रतिशत रहेको छ भने पूँजीगततर्फको खर्च १७.४३ प्रतिशत रहेको छ । समग्रमा हालसम्म जम्मा १२ अर्ब २४ करोड ३ लाख ८७ हजार अर्थात् १७.९३ प्रतिशत खर्च भएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नारायण मैनालीले जानकारी दिए ।

मन्त्रालयले २०८२ वैशाख २४ गते भित्र कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाईट जडान कार्य सम्पन्न गर्ने बताएको छ ।

‘संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप प्यारापेट निर्माण कार्य र फ्लडलाईट जडान कार्यको २०८१ फागुनमा सम्झौता सम्पन्न भई २०८२ वैशाख २४ गतेभित्र कार्य सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढिरहेको छ,’ मन्त्रालयका प्रवक्ताा मैनालीले भने ।

त्यस्तै, मन्त्रालयले गत असोज ३ बाट धरहरा सञ्चालन भएपछि २ करोड ३७ लाख बढी राजस्व संकलन गरेको पनि जनाएको छ । यो अवधिमा हालसम्म १ लाख ३० हजार भन्दा बढीले धरहरा भ्रमण गरेका छन् ।

यस्ता छन् मन्त्रायलका अन्य भौतिक प्रगतिहरूः

-राष्ट्रिय शहरी नीति स्वीकृत भएको छ

–स्थानीय पूर्वाधार विकास विभागबाट त्रिवेणी सुस्ता बहुत्तरी झोलुङ्गेपुल निर्माण कार्य सम्पन्न भई संचालन
–झापास्थित दमक व्यापारिक कम्पलेक्सको निर्माण सम्पन्न

–काठमाडौं उपत्यका विकास प्राधिकरणबाट सार्वजनिक जग्गा संरक्षण अन्तर्गत कीर्तिपुरमा चम्पादेवी पार्क र भैंसेपाटी प्लाजामा दुई वटा पार्क निर्माण सम्पन्न

–बागमती सुधार आयोजना अन्तर्गत यस आवमा २०० मीटर नदी तटबन्ध, ३५० मीटर सडक कालोपत्रे र १५० मीटर मुख्य ढल निर्माण

–नगर विकास कोषबाट शहरी खानीपानी सरसफाई आयोजना अन्तर्गत ११ वटा आयोजना निर्माण सम्पन्न भएको र १६ वटा आयोजना स्तरउन्नति

–शहरी उत्थान तथा जिविकोपार्जन सुधार आयोजना अन्तर्गत नगरपालिकाहरुको समावेशी आर्थिक वृद्धि र जीवनयापनमा सुधार ल्याउने गरी एसीयाली विकास बैक सँग सम्झौता भई पोखरा, जनकपुर, देवदह, सेनामैना, लुम्बिनी सांस्कृतिक, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकामा कार्यक्रम अघि बढेको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here