

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । आजको बैठकले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने बताइएको छ । आज नै प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँबरले अवकाश पाएका छन् ।
नेपाल प्रहरीको ३१औं आईजीपी बन्ने लाइनमा सीआईबीका निर्देशक एआईजी दीपक थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ रहेका छन् ।
