तोलामा एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । 

आज सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेर एक लाख ७५ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 


सोमबार सुन प्रतितोला एक लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, चाँदीको मूल्य पनि बढेको छ।  सोमबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ५० रुपैयाँ कायम भएको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here