

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ घर भएका हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-१० बस्ने ३४ वर्षीय युवराज घिमिरेलाई शुक्रबार प्रहरीले टेकुबाट पक्राउ गरेको हो ।


प्रहरीका अनुसार युवराजले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको थियो । सम्पर्कविहीन भएपछि पीडितले दिएको उक्त उजुरीको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौँ पठाइएको छ ।
