हेटौँडामा देवरले गरे भाउजुको हत्या



काठमाडौँ । हेटौँडा उपमहानगरपालिका-१ स्थित चौकीटालमा देवरले भाउजुको हत्या गरेका छन्। देवर राहुल भन्ने रमेश दासले बुधवार भाउजु गुडिया दासको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

मकवानपुर प्रहरीका अनुसार राहुलले ३५ वर्षीया गुडिया दासलाई दिउँसो खुकुरी प्रहार गरी हत्या गरेका हुन् । भाउजु गुडियालाई घरमा नभेटिएपछि खोजतलास गर्दा घर पुगेको प्रहरीले माथिल्लो तलामा राति ९ बजे महिला मृत अवस्थामा भेटिएको हो ।


उनले मादक पदार्थ सेवन पनि गरेका थिए । यस्तै राहुलको आक्रमणबाट माहिला दाजु रुपेश दास घाइते भएका छन् । उनको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

राहुल दासलाई अहिले नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here