

काठमाडौँ । गृह मन्त्रालयले शुक्रवार काठमाडौँको तीनकुने क्षेत्रमा गरेको राजावादीको प्रदर्शनमा सुरक्षाकर्मीले ठुलो संयमता अपनाएर ठुलो मानवीय क्षति हुनबाट जोगिएको जनाएको छ ।
गृह मन्त्रालयले शुक्रवार साँझ गरेको पत्रकार सम्मेलनमा सहसचिव छवि रिजालले सुरक्षाकर्मीको संयमताका कारण ठुलो मानवीय क्षति हुनबाट जोगिएको बताएका हुन् ।


उनले व्यक्तिको सम्पत्ति लुटपाट, आगजनी र विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा आगजनी भएको भन्दै सरकारले फरक रणनीतिका साथ नियन्त्रणमा लिने बताए । राजावादी आन्दोलनमा करिब १० देखि १२ हजार मान्छे सहभागी भएको र उनीहरू दुर्गा प्रसाईँको नेतृत्वमा अराजनीतिक भीड भएको प्रवक्ताले बताए ।
साथै र गणतन्त्रवादीले गरेका प्रदर्शनमा ३५ हजार हाराहारी सहभागी भएको गृह मन्त्रालयले जनाएको छ । साथै राजावादीको आन्दोलनमा ३,४ हजारको हाराहारीमा मानिसहरूको सहभागिता रहेको पनि मन्त्रालयले जनाएको छ ।
पत्रकार सम्मेलनमा मन्त्रालयले व्यक्तिको सम्पत्ति लुटपाट, आगजनी र विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा आगजनी भएको भन्दै सरकारले फरक रणनीतिका साथ नियन्त्रणमा लिने जनाएको छ । मन्त्रालयले हिंसात्मक घटनामा भएको क्षति आयोजकलाई नै तिराउने जनाएको छ ।
