सुनको मूल्य हालसम्मकै उच्च !



काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

बिहीबार प्रतितोला एक लाख ७४ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार एक हजार चार सय बढेर तोलामा एक लाख ७६ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस तीन हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू २० बढेर दुई हजार ४० रुपैयाँ कायम भएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here