

काठमाडौं । सरकारले भूमिसम्बन्धी अध्यादेशलाई नियमित विधेयका रुपमा अघि बढाउने भएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा अध्यादेशलाई विधेयकका रुपमा अघि बढाउने सहमति जुटेको हो ।


अध्यादेश अघि बढाउँदा पास हुने स्थिति नबनेपछि सत्तारुढ दल विधेयकका रुपमा अघि बढाउन सहमत भएका नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
उनले भने, ‘अध्यादेश चैत १८ गतेभित्र प्रमाणीकरण भइसक्नुपर्छ । तर भूमिसम्बन्धी अध्यादेश अध्यादेशको रुपमा जानसक्ने अवस्था रहेन। त्यसैले यसलाई नियमित विधेयकमा लैजान दलहरूबीच सहमति भएको छ।’
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशमा साथ नदिएको बताएको छ । जसका कारण सरकार पछाडि हट्न बाध्य भएको हो ।
सरकारले संसद अधिवेशन नरहेका बेला ६ वटा अध्यादेश ल्याएको थियो । तर अन्य पाँच अध्यादेश भने संसदबाट पास भइसकेका छन् ।
