

काठमाडौं । समाजवादी मोर्चाले काठमाडौंको प्रदर्शनी मार्गमा हुने सभाका लगि मञ्च निर्माण गरेको छ । मोर्चाले राष्ट्रिय सभागृह अगाडि मुख्य सडकमै मञ्च निर्माण गरेको छ ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी विप्लव नेतृत्वको नेकपाले राजावादीलाई काउन्टर दिन आज प्रदर्शन गर्न लागेका हुन् ।


त्यस्तै, आजै राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका छन् । दुई पक्षको प्रदर्शनका कारण उपत्यकाको सवारीआवागमन विहानैदेखि प्रभावित भएको छ ।




