

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले समाजवादी मोर्चाले आज गर्न लागेको जनप्रदर्शनलाई नैतिक समर्थन गरेका छन् । उनले मोर्चाको प्रदर्शन प्रतिगमनको कुप्रयासको विरुद्धमा सकारात्मक पहल भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो धारणा राखेका हुन् ।
उनले लेखेका छन्–


प्रतिपक्षमा रहेको समाजवादी मोर्चाले १५ गतेका दिन गणतन्त्रका पक्षमा गर्न लागिरहेको जनप्रदर्शन प्रतिगमनको कूप्रयासका विरुद्धको सकारात्मक पहल हो। राजनीतिक दलहरु आपसमा प्रतिस्पर्धा गर्छन्। एकअर्काको आलोचना र विरोध पनि गर्छन्। जनअभिमतवाट आफूलाई स्थापित गर्ने कोशिससमेत गर्छन्। तर जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामाथि कसैले धावा बोल्छ भने त्यसको डटेर सामना पनि गर्न सक्छन्। इतिहासले धेरै पटक प्रमाणित गरेको छ, त्यसमाथि अहिलेको युग जनसचेतनताले सुसम्पन्न लोकतन्त्रको युग हो ।
