समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षा आवश्यक : उपप्रधानमन्त्री सिंह

मन्तव्य राख्दै उपप्रधानमन्त्री सिंह काठमाडौँ, २३ पुसः नेपाल व्यावसायिक कलाकार सङ्घको ३०औँ स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवस– २०८१ कार्यक्रममा मन्तव्य राख्दै उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह। तस्बिरः गोपाल दाहाल÷रासस


काठमाडौँ। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताएका छन्।

आज नेपाली काँग्रेसको शिक्षा विभागको आयोजनामा शिक्षा नीति बहस अन्तर्गत ‘विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधि सरोकार’ विषयक विमर्श कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले नेपालमा शिक्षाको लहर विसं २००७ सालको क्रान्तिपछि आएकाले अब समयाअनुकूल शिक्षा दिन सक्नुपर्ने धारणा राखे । हाल शिक्षाको अधिकार स्थानीय तहमा रहेकाले शिक्षा विधेयकलाई थप प्रभावकारी बनाउन सरोकारवालाको सुझाव महत्त्वपूर्ण हुने उनको भनाइ छ । 


कार्यक्रममा नगर प्रमुख र उपप्रमुखहरूले शिक्षा विधेयकमाथि स्थानीय तहहरूका धारणा र सुझाव राखेका थिए । विभागका प्रमुख नैनसिंह महरले स्थानीय तहका प्रमुख, उपप्रमुखले शिक्षा विधेयकमा दिएको सुझाव शिक्षा विधेयकमा समेट्न विमर्श कार्यक्रम आयोजना गरेको जानकारी दिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here