

काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । भूमिसम्बन्धी अध्यादेश अघि बढाउने विषयमा साझा सहमति गर्नेगरि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । बैठक हिजोपनि बसेको थियो ।
तर, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएकोले हिजोको बैठक विषयमा प्रवेश नगरी सकिएको थियो । अहिले बैठक जारी छ ।


बैठकमा बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव,जनमत पार्टीका अध्यक्ष डा सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी छन् ।
