श्रीलङ्काको नयाँ परियोजना : पर्यावरणीय सङ्कटको समाधानमा नयाँ कदम



श्रीलङ्काले ‘स्वच्छ श्रीलङ्का’ कार्यक्रमको एक भागको रूपमा ‘मोडेल अर्बन ग्रीन जोन’ परियोजना सुरु गरेको छ । यसको उद्देश्य सांस्कृतिक, नैतिक, सामाजिक र वातावरणीय पुनरुत्थानलाई बढावा दिनु रहेको राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले बुधबार जनाएको छ ।

पीएमडीले बढ्दो सहरी जनसङ्ख्याका कारण शहरहरूले वायु, माटो र जल प्रदूषण जस्ता गम्भीर वातावरणीय चुनौतीहरूको सामना गरिरहेका एक विज्ञप्तिमा उल्लेख गरेको छ । साथै, विश्वव्यापी फोकस द्रुत रूपमा दिगो हरित शहरहरूमा सरिरहेको पीएमडीले जनाएको छ ।


आयोजना हरित सहर अवधारणा अनुरूप रहेको र सार्वजनिक तथा निजी क्षेत्रको सहभागितामा सहरी योजना पहलका रूपमा कार्यान्वयन गरिने छ । पीएमडीले कङ्क्रीट–बहुल क्षेत्रहरूलाई हरियाली वातावरणमा प्रतिस्थापन गरेर परियोजनाले बासिन्दाहरूलाई थप स्वस्थ र प्रकृति–मैत्री शहरी जीवनशैली प्रदान गर्ने लक्ष्य राखेको छ, जसले शारीरिक र मानसिक स्वास्थ्य दुवैलाई बढावा दिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here