शेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौँ । साताको शेयर बजार कारोबारको अन्तिम दिन शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से १२.३८ अंकले घटेर २६६९.७६ अंकमा पुगेको हो । आज बजारमा ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

१७५ कम्पनीको मूल्य घट्दा ६२ कम्पनीको मूल्य बढेको छ । जीवन बीमा समूहमा सामान्य वृद्धि हुनु बाहेक अरू सबै परिसूचक घटेको छ ।


सबैभन्दा धेरै फाइनान्स समूहको सूचक १.३५ प्रतिशतले घटेको देखिन्छ । मिथिला लघुवित्त र भूगोल इनर्जीको सेयर सर्किट लेभलमा घटेको छ । डोल्टी पावर कम्पनीको ७.४५ प्रतिशत वृद्धि नै आजको सबैभन्दा ठुलो वृद्धि रहेको छ ।

बजारमा आज नेपाल पुनर्बीमा कम्पनीको २८ करोड तथा हिमालयन पुनर्बीमा कम्पनीको २२ करोडको कारोबार हुँदा ती कम्पनीहरू सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here