शुक्रबारको प्रदर्शनमा शान्ति सुरक्षाप्रति गम्भीर हुन सरकारलाई आयोगको निर्देशन



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दल र राजतन्त्र समर्थक विभिन्न राजनीतिक दल र सङ्गठनहरुले गर्ने प्रदर्शनमा सुरक्षाको कमी हुन नदिन उपत्यकाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई निर्देशन दिएको छ ।

बिहीबार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गरी प्रदर्शनलाई शान्तिपूर्ण बनाउन र शान्ति सुरक्षाप्रति गम्भीर हुन निर्देशन दिएका हुन् ।


आयोगसँगको छलफलका क्रममा सुरक्षा अधिकारीहरुले शान्ति सुरक्षाको अवस्थालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकाय र प्रदर्शनकारीका प्रतिनिधिसँग समेत छलफल गरेर सुरक्षा योजना तयार पारिएको जानकारी गराएका थिए ।

त्यसक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले शान्ति सुरक्षालाई व्यवस्थित गर्न र शान्ति सुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य मान्यतालाई आत्मसाथ गर्न निर्देशन दिएको आयोगको विज्ञप्तिमा उल्लेख छ । शुक्रबार काठमाडौंमा गणतन्त्र पक्षधर र राजावादी समर्थकबीच छुट्टाछुट्टै प्रदर्शन हुँदैछ ।

आयोगले विभिन्न टोलीहरू बनाएर शुक्रबारको प्रदर्शनीको मानव अधिकारको कोणबाट अनुगमन समेत गर्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here