

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । आज अपरान्ह ४ बजे बस्नेगरि बैठक बोलाईएको हो ।
बैठकमा समसामयिक राजनीतिक विषयमा समिक्षा हुनुको साथै भावी रणनीति अख्तियार गरिने जनाईएको छ ।


रास्वपाले आजको बैठकमा पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आह्वान गर्ने भएको छ ।
