

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनको न्यायिक छानविन समितिको माग गरेको छ । आज (शनिबार) बसेको रास्वपाको सचिवालय बैठकले दोषीहरूलाई कानुनी दायरामा ल्याई कारबाही सुनिश्चित गर्न न्यायिक आयोग गठन हुनुपर्ने निर्णय गरेको हो ।
हिजो तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक आन्दोनलका कारण २ जनाको मृत्यु भएको थियो । प्रदर्शनका क्रममा नेपाल प्रहरीतर्फ ५३ जना, सशस्त्र प्रहरीतर्फ २२ जना र प्रदर्शनकारीतर्फ ३५ जना गरी ११० जना घाइते भएका छन् । प्रदर्शनकारीहरुले विभिन्न ९ वटा संस्था एवं कार्यालयमा तोडफोड गरेका थिए । उनीहरुले १४ स्थानमा आगजनी र एक स्थानमा लुटपाटसमेत गरेका थिए ।
