राष्ट्रियसभा बैठक बिहीबार बस्ने

राष्ट्रियसभा बैठक काठमाडौँ, २० माघः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आइतबार बसेको राष्ट्रिय सभा बैठक । तस्बिरः गोपाल दाहाल÷रासस


काठमाडौँ । राष्ट्रियसभा बैठक प्रतिपक्षी दलहरुको अवरोधका बीच स्थगित भएको छ । अब उक्त बैठक बिहीबार १२ : १५ बस्ने भएको छ ।

प्रमुख प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेकामा त्यसको विरोध जनाएपछि अध्यक्ष नारायणप्रसाद दाहालले बिहीबारसम्मका लागि बैठक स्थगन भएको सदनलाई जानकारी दिए ।


आज दिउँसो १ बजेर १५ मिनेटमा सुरु भएको राष्ट्रियसभाको बैठक प्रतिपक्षी दलका सांसदहरुको अवरोधका बीच १५ मिनेटका लागि स्थगन भएको थियो । पन्ध्र मिनेटका लागि स्थगन भएको उक्त बैठक फेरी समय परिवर्तन गरी आजै ३ बजेर ४५ मिनेटका लागि तोकिएको थियो । उक्त समयमा पनि बैठक बस्न नसकेपछि बिहीबारसम्मका लागि स्थगन गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here