

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।
शनिबार अपराह्न ३ बजे धुम्बाराहीमा बस्ने गरी कार्यसम्पादन समिति बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।उनका अनुसार वर्तमान परिस्थितिबारे समीक्षा र पार्टीको धारणा तय गर्न बैठक बस्न लागेको हो।


शुक्रबार तीनकुनेमा राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईं नेतृत्वमा प्रदर्शनका क्रममा आगजनी र तोडफोड तथा लुटपाट भएको थियो।
उक्त प्रदर्शनमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणा पनि सहभागी थिए। मिश्र र राणालाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको छ। राप्रपा बैठकमा यस विषयमा पनि छलफल हुने बताइएको छ।
