

काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले राजा फर्काउने होहल्ला आकाशको जुनतारा खसाल्ने सपनामात्रै रहेको बताएका छन् ।
नेता बास्कोटाले राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा फर्काउने हो-हल्ला गरेर पूर्वपञ्चहरुको एउटै पार्टी बनाउन खोजेकोसमेत टिप्पणी गरेका छन् । आगामी निर्वाचनमा भोट थप्न र संगठन विस्तार गर्न उनीहरुले यो योजना बनाइरहेको नेता बास्कोटाको आरोप छ ।


‘राप्रपाहरुले राजा फर्काउने भनेर गरेको होहल्लाको चुरो कुरो पूर्वपञ्चहरुको एउटै पार्टी बनाउने र आउने चुनावमा भोट थप्ने संगठन विस्तारको योजना हो।अरु त आकाशको जूनतारा खसाल्ने सपना न हुन्,’– उनले भनेका छन् ।
