राजावादी र गणतन्त्र पक्षधर शक्ति प्रदर्शनमा उत्रिएकै दिन बाबुराम शितलनिवासमा, राष्ट्रपतिसँग के कुरा भयो ?



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । भट्टराईले शुक्रबार राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

भेटमा लोकतान्त्रिक राज्यप्रणालीमा स्वाभाविक रूपमा बेलाबखत देखापरिरहने राजनीतिक, आर्थिक, सामाजिक, सामरिक, प्रशासनिक क्षेत्रका समस्या दलहरूका नेतृत्वले नै आपसी सम्वाद र सहमतिबाट समाधान गर्नुपर्नेमा कुराकानी भएको भट्टराईले जानकारी दिएका छन् ।


भेटपछि भट्टराईले भनेका छन्, ‘आज सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसंग राष्ट्रपति निवासमा भेटेर देशको समसामयिक परिस्थितिवारे संवाद गर्ने सुअवसर प्राप्त भयो । देशको प्रमुख अभिभावकको नाताले राष्ट्रपतिज्यूमा लोकतान्त्रिक राज्यप्रणालीमा स्वाभाविक रूपमा बेलाबखत देखापरिरहने राजनीतिक, आर्थिक, सामाजिक, सामरिक, प्रशासनिक क्षेत्रका समस्या दलहरूका नेतृत्वले नै आपसी संवाद र सहमतिबाट हल गरून् र जनताले लामो संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरून् भन्ने सदीक्षा रहेको अनुभूति भयो । सबै जिम्मेवार राजनीतिक दल र नेतृत्वको ध्यानाकर्षण होस्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here