

काठमाडौं । राजावादी समूहका प्रदर्शनकारीहरुले कोटेश्वरको भाटभटेनी सुरमार्केमा लुटपाट र तोडफोड गरेका छन् । आज (शुक्रबार) प्रदर्शनकारीहरु भाटेभटेनीमा प्रवेश गरी त्यहाँका सामान लुटपाट गरेका हुन् । उनीहरुले सामान बाहिर निकालेर अगाजानीसमेत गरेका छन् ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईँको नेतृत्वमा राजावादीहरुले आज तीनकुनेमा प्रदर्शनको तयारी गरेका थिए । जनसभाको संज्ञा दिइएको उक्त कार्यक्रम सुरु हुनुभन्दा पहिला नै प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएको हो । प्रदर्शनकारीहरुले तीनकुनैमै व्यक्तिको घरमा आगजनीसमेत गरेका थिए । उनीहरुले प्रहरीको भ्यानमा समेत आगजानी गरेका छन् ।


त्यसैगरी, नेकपा (एकीकृत समाजवादी) को कन्द्रीय कार्याल, कान्तपुर टेलिभिजन रहेको भवन, अन्नपुर्ण पोष्टको भवनलगायतमा तोडफोड र आगजानीको प्रयास गरेका थिए ।
