राजावादीहरुको आन्दोलनमा प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्यास प्रहार



काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँको आह्वानमा भएको प्रदर्शनीमा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ । राजावादी समर्थकहरु निषेधित क्षेत्र तोडेर बानेश्वरतर्फ अगाडि बढ्ने कोशिस गरेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको हो ।

राजसंस्था, हिन्दु राष्ट्रको पक्षमा र संघीयता खोरेजीको मागसहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । निषेधित क्षेत्र तोड्न प्रदर्शनकारीहरुले जोडबल गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here