

काठमाडौं । राजावादीहरूको समूह र प्रहरीबीच तिनकुनेमा झडप भएको छ । राजावादीहरूको समूह तिनकुनेबाट नयाँबानेश्वरतिर प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो ।
प्रहरीले भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहारसमेत गरेको छ । प्रहरीले राजावादीहरूको प्रदर्शनमा सहभागीहरूलाई तिनकुने रिङरोडबाट भित्र छिर्न नदिन नयाँ बार लगाएको थियो । प्रहरीको बार तोडेर बानेश्वरतिर प्रवेश गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको हो ।


हस्तक्षेपका क्रममा दुर्गा प्रसाईं सवार गाडी तोडफोड भएको छ । प्रहरीले बल प्रयोग गरेपछि राजावादी नेताहरू तिनकुनेको चौरमा बनाइएको मञ्चबाट भागेका थिए ।
यसैबिच तीनकुने क्षेत्रको एक घरमा आगलागी भएको छ । प्रदर्शनकारीले प्रदर्शन र ढुंगामुढा गरिरहेकै बेला आगलागी भएको हो । आगलागी आफैँ भएको हो या आन्दोलनकारी गरेको आगलागी गरेको हो भन्नेबारे स्पष्ट भइनसकेको प्रहरीले जनाएको छ ।
