

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अहिले विश्वविद्यालयभित्र मुख्यतः तीनवटा समस्या रहेको बताएकी छन् । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयमाथिको दफावार छलफलमा आज (सोमबार) मन्त्री भट्टराईले क्यालेण्डर, जनशक्ति व्यवस्थापन, तालाबन्दी, झैझगडालगायतका कुराहरु विश्वविद्यालयमा मुख्यम समस्याको रुपमा देखिएको बताएकी हुन् ।
उनले तालाबन्दीको विषय त झनै पेचिलो बन्दै गइरहेको बताईन् । यी समस्याको समाधान विधेयकमै समेटेर अगाडि बढ्नुपर्ने उनको सुझाव छ । उनले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई मानक विश्वविद्यालयको रुपमा स्थापित गर्नेगरी कानुन बनाउनुपर्ने समेत बताईन् ।


‘अहिले विश्वविद्यालयभित्र तीनवटा समस्या छन् । एउटा क्यालेण्डरको कुरा, अर्को त्यहाँभित्रको जनशक्ति व्यवस्थापनको कुरा र लिडरसिप कसले लिने र विश्वविद्यालयको जिम्मेवार को हुने भन्ने कुरा । अहिले सबैभन्दा पेचिलो विषय भनेको विश्वविद्यालयमा हुने तालाबन्दी, त्यहाँ हुने झैझगडा तथा संस्कारजन्य कुरमामा हामी कसरि जाने भन्ने विषयमा हामी जानैपर्छ,’– मन्त्री भट्टराईले भनिन् ।
