मन्त्रिपरिषद्को निर्णयः कुलमान हटाउनेदेखि प्रधानमन्त्री विदेश भ्रमण स्वीकृतसम्म (पूर्णपाठसहित)



काठमाडौं । सरकारले मन्त्रिपरिषद्को विभिन्न २७ वटा निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजो (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले गरेको विभिन्न निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशकमा हितेन्ददेव शाक्यलाई नियुक्तिसमेत गरिएको छ ।


त्यस्तैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आगामी चैत १९ देखि २३ गतेसम्म थाइल्याण्डको औपचारिक भ्रमण र विम्सटेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन भ्रमण स्वीकृत गरेको छ । सो भ्रमणमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासहितको टिम सहभागी हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here