भ्रष्टाचारी ठहर भएका विद्युत् प्राधिकरणका पूर्व सहायक प्रबन्धक उप्रेती पक्राउ



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व सहायक प्रबन्धक ध्रुव कुमार उप्रेती पक्राउ परेका छन् । सर्वोच्च अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका उप्रेतीलाई फैसला कार्यान्वयनको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले काठमाडौंका वनस्थलीबाट पक्राउ गरेको हो ।

उप्रेतीलाई सर्वोच्चले गत मंसिरमा भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै २ करोड ५५ लाख १६ हजार चार सय ८३ जरिवाना र ६ महिना कैद सजाय सुनाएको थियो। सर्वोच्चको फैसलापश्चात उप्रेती फरार भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here