

भूकम्पको राहत तथा उद्धारकार्यमा सहयोग पु¥याउन बङ्गलादेशको सशस्त्र बलको उद्धार टोली आइतबार विशेष उडानमार्फत म्यान्मा प्रस्थान गर्ने भएको छ । बङ्गलादेशको सशस्त्र बलको अन्तरसेवा जनसम्पर्क (आईएसपीआर) ले शनिबार एक विज्ञप्ति जारी गर्दै टोली आइतबार म्यान्मा प्रस्थान गर्ने जानकारी दिएको हो ।
बङ्गलादेशी सशस्त्र बलले आपतकालीन औषधि, राहत सामग्री, उद्धार कार्य र चिकित्सा सहायता उपलब्ध गराउने जनाइएको छ । म्यान्मामा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण भौतिक संरचनाका साथै व्यापक रूपमा मानवीय क्षति पुगेको छ ।


राज्य प्रशासन परिषद्को मिडिया समूहले आइतबार उपलब्ध गराएको जानकारीअनुसार अहिले (आइतबार मध्यान्न)सम्म एक हजार ६४४ जनाको मृत्यु भएको, तीन हजार ४०८ जना घाइते भएका छन् भने १३९ जना हराइरहेका छन् ।
