भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदीय समितिबाट पारित



काठमाडौं । संसदीय समितिले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको छ ।

मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको हो  त्यसअघि समितिमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन उपर छलफल भइ पारित गरिएको थियो ।


समितिको बैठकको निर्णय सुनाउँदै समिति सभापति सन्तोष चालिसेले समितिले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको जानकारी दिए । चालिसेले  अब प्रतिनिधि सभामा पेश गर्नका लागि सभामुख समक्ष आग्रह गर्ने निर्णय भएको बताए । 

समितिमा लामो समयदेखि भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकउपर छलफल भइरहेको थियो । आज समितिको बैठकले उक्त विधेयक छलफलसहित पारित गरेको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here