बोरिङ खन्दा टीकाथलीमा निस्कियो आगोको ज्वाला



ललितपुर । ललितपुरको टीकाथलीमा बोरिङ गरेको ठाउँबाट आगोको ज्वाला निस्किएको छ । मंगलबार बिहान बोरिङ गरेको ठाउँबाट आगोको ज्वाला निस्किएको हो ।

पानी निकाल्न बोरिङको पाइप गाड्ने क्रममा आगोको ज्वाला निस्किएको हो । आगोको ज्वाला निस्केपछि स्थानीयल पानी हालेर निभाउने प्रयास गर्दा पनि निभेको छैन ।