बत्ती निभाएर मैनबत्ती बाल्दै रविको साङ्केतिक विरोध



काठमाडौँ । सरकारले कुलमानलाई हटाएको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बत्ति निभाएर विरोध गरेका छन् ।

सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै उनले बत्ति निभाएर मैनबत्ती बाल्दै विरोध गरेका हुन् । साथै उनले कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिने पनि बताएका छन् ।


सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कुलमानलाई हटाउने निर्णय गरेपछि यस निर्णयको चौतर्फी विरोध भइरहेको छ । सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here