प्रधानमन्त्री भन्छन्- ‘कुलमानको चमत्कारले लोडसेडिङ हटेको होइन’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वर्षौं लगाएर आयोजना निर्माण गरेका कारण मुलुकमा लोडसेडिङ अन्त्य भएको बताएका छन् ।  

मंगलबार बालुवाटारमा सुजाता कोइरालाद्वारा लिखित ’म र मेरो सानोबुबा’ (आत्मकथा) लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले कसैका चमत्कारले नभई वर्षौं लगाएर गरिएका कामले बिजुली आएको बताएका हुन् ।


उनले कुलमान घिसिङले बिजुली, चिम वा ट्रान्समिसन बोकेर आउनु भयो कि ? भन्दै प्रश्न गरे । कुलमानका विषयमा माओवादी अध्यक्ष प्रचण्डले भ्रम छरेको भन्दै कुनै एक व्यक्तिले मात्रै अन्धकार हटाएको भन्ने भ्रममा नपर्न आग्रहसमेत गरे । 

उनले स–साना कुराहरूलाई समातेर हल्लाखल्ला गर्ने काम भएको जिकिर गरे । 

प्रधानमन्त्री ओलीले अहिले आफूले सरकारको नायकत्व लिएको भन्दै केही समयपछि कांग्रेस सभापति शेर बहादुर देउवाले सरकारको नायकत्व लिने बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here