प्रधानमन्त्री ओली र देउवा भेट्नुअघि राष्ट्रपति पौडेलसँग प्रचण्डको भेटवार्ता



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । आज अपरान्ह शितलनिवासमा पुगेर प्रचण्डले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

आजै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि प्रचण्डको भेटवार्ता तय भएको छ । तीन नेताबिचको भेटवार्ताअघि प्रचण्डले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here