प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष पेश गरे सरकारको वार्षिक प्रतिवेदन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गरेका छन् । आज (आइतबार) राष्ट्रपति भवन, शीतलनिवासमा प्रधानमन्त्री ओलीले सरकारको वार्षिक प्रतिवेदन बुझाएका हुन् । सरकारको वार्षिक प्रतिवेदन बुझाउ प्रधानमन्त्री ओली प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीसहित शीतलनिवास पुगेका थिए ।

प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले सरकार मुलुकमा दीगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माणका लागि तदारूकताका साथ लाग्नुपर्ने बताए । , ‘‘उपलब्ध श्रोत साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उदेश्य प्राप्‍त हुन्छ,’– राष्ट्रपति पौडेलले भने ।


राष्ट्रपति पौडेलले नेपालको संविधानको मुलभूत मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वसम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानुपर्ने आवश्यकतासमेत औंल्याए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here