प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूरापूर सपोर्ट छः सभापति देउवा

सभापति देउवा – मन्तव्य अन्नपूर्ण (कास्की), २१ माघः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सोमबार पोखरामा आयोजित प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभाग प्रमुखको लागि सङ्गठन र समसामयिक विषयकअभिमुखीकरण कार्यक्रम मन्तव्य राख्नुहुँदै । तस्बिरः गोपाल दाहाल÷रासस


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको तर्फबाट पूरापूर सहयोग रहेको बताएका छन् ।

आज (मंगलबार) सुजाता कोइरालाद्वारा लिखित पुस्तक विमोचन ‘म र सानोबुबा’ आत्मकथा विमोचन समारोहलाई सम्बोधन गर्दै उनले ओली नेतृत्वको सरकारलाई कांग्रेसको पूरापूर सहयोग रहेको र राम्रोसँग अगाडि जानेमा दुईमत नरहेको बताएका हुन् ।


पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले ओली र आफू विगतमा संगै जेल बसेको पनि स्मरण गरे । उनले ओली र आफूबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको पनि सुनाए ।

‘अहिले ओलीजी र कांग्रेस पार्टीको बीचमा सहमति भएको छ । हामी जेलमा संगै बसेको, जेलभित्र पनि जेल । सेन्टर जेलमा गोलघर भन्ने ठाउँ छ । जेलभित्र पनि जेलमा राखिएको थियो । हाम्रो राजनीति आफ्नो–आफ्नो ठाउँमा छ । हामीबीचको सम्बन्ध राम्रोसँग गइराखेको छ । राम्रो भएर अगाडि जाने दुइमत छैन । कांग्रेसबाट पूरापूर सपोर्ट छ,’– सभापति देउवाले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here