

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ।
नेपाल मेडिकल कलेजको कार्यक्रममा प्रधानमन्त्री ओलीले शिक्षकहरूप्रति अमर्यादित टिप्पणी गरेका थिए। उनले सार्वजनिक रूपमा अभिव्यक्ति दिएको केही दिनपछि मात्रै महासंघले आपत्ति जनाएको हो ।


संघका अध्यक्ष लक्ष्मीकिशोर सुबेदीले मंगलबार एक विज्ञप्ति जारी गर्दै शिक्षकमाथि असहिष्णु र अशोभनीय अभिव्यक्ति दिएको बताएका छन् । नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीबाट हालसालै कुनै सार्वजनिक कार्यक्रममा मन्तव्य राख्दै गर्दा नेपाली शिक्षकमाथि गरिएको असहिष्णु र अशोभनीय अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, विज्ञप्तिमा भनिएको छ।
हेर्नुहोस् विज्ञप्ति :

